शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका वरिष्ठ पत्रकार कमाल खानको हृदयघातका कारण निधन

शुक्रबार, ३० पुस २०७८, ११ : ५५
शुक्रबार, ३० पुस २०७८

रामनाथ गोएनकादेखि गणेश शंकर विद्यार्थी सम्मान पाउने वरिष्ठ पत्रकार कमाल खानको लखनउमा शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ ।

टिभी न्यूजको दुनियाँमा लामो समयदेखि काम गरिरहेका कमाल खान आफ्नो उत्कृष्ट रिपोर्टिङ र टिभी रिपोर्टका लागि परिचित थिए ।

लगभग २२ वर्षको अनुभवसहित कमाल खान पछिल्लो समयदेखि लखनउमा बस्दै एनडीटिभीका लागि रिपोर्टिङ गरिरहेका थिए ।

हालै अयोध्या जमिन विवाददेखि उत्तर प्रदेश चुनावसँग जोडिएका उनका विभिन्न खबर चर्चाको विषय बनेको थियो ।

केही घण्टा अघि मात्रै कमाल खानको एउटा भिडियो रिपोर्ट एनडीटिभीमा प्रकाशित भएको छ जसमा उनी उत्तर प्रदेश सरकारका मन्त्रीको राजीनामाको राजनीतिक महत्वबारे जानकारी दिइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप