
साउथ फिल्म ‘थिरिमाली’ मा स्वस्तिमाको आइटम
अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भने माओत्सेको महत्वपूर्ण भूमिका छ ।
राजीव शेट्ठीको निर्देशन रहेको ‘थिरिमाली’ नेपालको पोखरा, काठमाडौं, लुक्ला लगायतका स्थानमा छायाङ्कन भएको थियो । ट्रेलरमा नेपालका दृश्य पर्याप्त राखिएका छन् । फिल्मले भारतबाट नेपाल घुम्न आएको तीन साथीको कथा देखाउनेछ ।
हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने बताइएको फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरिश कणरण, अन्ना राजनका साथै नेपाली कलाकार उमेश तामाङको पनि अभिनय छ । एस के लरेन्स र रानी लरेन्स निर्माता रहेको फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ