यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५रुपैयाँ ३० पैसा र विक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०३ पैसा र विक्रीदर १६२ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २३ पैसा र विक्रीदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ २३ पैसा र विक्रीदर ८६ रुपैयाँ ६७ पैसा रहेको छ । क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४७ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३० पैसा र विक्रीदर १० रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ । यता साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दुबैका लागि महत्त्वपूर्ण खेलमा एकअर्कालाई चुनौती दिँदै राजस्थान र चेन्नई
-
किसानलाई अनुदानमा मौरीसहितको घार वितरण
-
सल्यानमा दम्पती मृत फेला
-
मिथुनले भने, ‘सलमानले बिहे गर्दैनन्, युवतीहरूलाई बेवकुफ मात्र बनाउँछन्’
-
गोलभेँडादेखि आलु–प्याजसम्म : यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची
-
अफगानिस्तानमा बाढीको कहर : १ सय ५० भन्दा बढीको मृत्यु