बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

धादिङमा डोजरसँगै पुरिएका ३ जना खोज्न ३६ जना सुरक्षाकर्मी परिचालन

शुक्रबार, ३० पुस २०७८, १० : ५७
शुक्रबार, ३० पुस २०७८

धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

नेपाली सेनाको मेजरको कमाण्डमा २० जना, सशस्त्र प्रहरीको इन्स्पेक्टरको कमाण्डमा ११ जना र नेपाल प्रहरीका ५ जना सुरक्षाकर्मी घटनास्थलमा खोजी कार्यमा जुटेका छन् ।

बिहीबार पहिरोको केही भाग पन्छाएको र शुक्रबार पनि खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले रातोपाटीलाई बताए । पहिरोका कारण बाटो बनाउँदै गरेको ठाउँबाट डोजर करिब १ सय मिटर तल झरेको छ ।

बेपत्ताहरू डोजरसँगै पुरिएका छन् वा अन्यत्र पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन  । स्थानीयका अनुसार डोजरसँगै चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप