बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

शुक्रबार, ३० पुस २०७८, १० : ३२
शुक्रबार, ३० पुस २०७८

दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो गएराति रोकिराखेको रा १ त  २८२२ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने ५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालका अनुसार दुर्घटनामा अटो चालक दंगीशरण–३, हेकुली बस्ने २७ वर्षीय मनीष चौधरी घाइते भएका छन् ।

प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप