एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै
शुक्रबार, ३० पुस २०७८, ०८ : ४७
नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।
नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरि आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए । कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।
माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमीरेले बताए । पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या ३० हजार पु्¥याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीका कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा
-
लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी
-
रविको ‘आदेश’मा लुकाइयो साढे ४४ लाखमा तयार सुन आयोगको प्रतिवेदन
-
आईपीएलको लिग चरणपछि इङ्ल्यान्डका खेलाडी स्वदेश फर्कने
-
कर्णालीमा नागरिक समाज र संघ-संस्थालाई सहज रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग
-
फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी