
एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको फाइनलमा

एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति साउदी अरबमा भएको खेलमा २-१ गोलले पराजित गर्दै एथ्लेटिकोले उपाधिका लागि रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।
एथ्लेटिकोका गोलरक्षक उनई सिमोनले आफ्नौ पोष्टमा गोल गरेपछि ६२ औँ मिनेटमा एट्लेटिकोले अग्रता बनायो । तर, ७७ औँ मिनेटमा अल्भारेज र ८१ औँ मिनेटमा निको विलियम्सको गोलसँगै एथ्लेटिको खेलमा फर्कियो ।
खेलको इन्जुरी समयमा मारिया गिमिनेजले रातो कार्ड सामना गरेपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो । यसअघि बार्सिलोनालाई ३(२ ले पराजित गर्दै रियल मड्रिड फाइनल यात्रा तय गरिसकेको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ