विश्व इतिहासमा आजः दोस्रो विश्वयुद्धमा शक्ति राष्ट्रको रणनीतिदेखि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा
![विश्व इतिहासमा आजः दोस्रो विश्वयुद्धमा शक्ति राष्ट्रको रणनीतिदेखि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा](https://rpcdn.ratopati.com/media/albums/today-in-world-history-_6JgqX7ZUoS.jpg)
आज १४जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः
युगोस्लाभियामा टिटो युगको सुरुवात
सन् १९५३ मा तत्कालिन तानाशाह जोसिफ ब्रोज टिटो युगोस्लाभियाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । तानाशाह र सर्वसत्ताका बाबजुद उनलाई योगस्लाभियामा एकताका नायकको रुपमा चिनिएका थिए । टिटोलाई अझै पनि उनको उल्लेख्य योगदानका कारण धेरैले चिन्छन् ।
दोस्रो विश्वयुद्धमा अमेरिका, फ्रान्स र बेलायतको रणनीति
दोस्रो विश्वयुद्धको रणनीति तय गर्न बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजुवेल्ट र फ्रान्सका तत्कालिन राष्ट्रपति चाल्स डी गाउलीबीच सन् १९४३ को १४ जनवरीमा एउटा भेट गरेका थिए । मोरक्कोको क्यासब्लाकमा भएको १० दिन लामो सो छलफलमा दोस्रो विश्व युद्धको समयमा युरोपको गठबन्ध फौजले शत्रु पक्षविरुद्ध रणनीति तय गरेको थियो । इतिहासमा यसलाई क्यासब्लाक सम्मेलन भनिन्छ ।
एलिजावेथ प्रथम बेलायतकी महारानी
सन् १५५९ मा एलिजावेथ प्रथम बेलायतकी महारानी घोषित भएकी थिइन् । भर्जिन क्विनसमेत नामले चिनिने उनी एन्नी बोलियान र राजा हेनरी आठौंकी छोरी हुन् ।
सडक प्रदर्शनपछि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा
सन् २०११ मा ट्युनिसियाका राष्ट्रपति जिने अल अबिदिने बेन अलीले पदबाट राजीनामा दिएका थिए । गरिबी, बेरोजगारी, राजनीतिक दमनको विरोधमा उत्रिएको सर्वसाधारणको आमप्रदर्शनसामु उनी घुँडा टेक्न बाध्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका १० भ्रातृ संगठनले चैत मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने
-
निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न सूचित गर्ने शिक्षा मन्त्रालयको निर्णय
-
यी फलफूल र तरकारी मधुमेह रोगीका लागि फाइदाजनक हुन सक्छन्
-
देशभर १० स्थानमा अडिसन गर्दै ‘मिस्टर नेपाल’
-
‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’
-
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः वामदेव गौतम