शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवर्द्धन गर्ने साझा दायित्व : नवनियुक्त सैनिक प्रवक्ता

बिहीबार, २९ पुस २०७८, २१ : ५१
बिहीबार, २९ पुस २०७८

नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिलवालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवद्र्धन गर्ने साझा जिम्मेवारी भएको बताएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ तथा परिचयात्मक कार्यक्रममा उनले दुवै पक्षले एकअर्काका कार्य जिम्मेवारी र प्रकृति बुझेर पारम्परिक सद्भावका आधारमा अघि बढ्न सकिने उल्लेख गरे ।

प्रवक्ता सिलवालले भने, “सञ्चार जगतलाई बुझ्ने र सेनालाई हेर्ने दृष्टिकोणमा देखिने खाडललाई कार्यसम्पादनका आधारमा अन्त्य गर्नुपर्छ ।” 

निवर्तमान प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रवक्ताको जिम्मेवारीमा रहेपछि पत्रकारिताप्रतिको आम धारणा र आफ्नो बुझाइ गलत सावित भएको बताए । उनले भने, ‘पत्रकारिता जगतले राष्ट्रिय सुरक्षाका सवालमा अत्यन्तै सजग र संवेदनशील भई उच्च प्राथमिकता दिएको पाएँ, जुन मैले सोचेको भन्दा फरक रह्यो । कार्य प्रकृति, क्षमता  र प्रभाव अलग अलग हुने भएकाले सबै मिडियालाई एउटै आँखाले हेर्न नहुने रहेछ । जनता र राष्ट्रहितका सबैको एउटै गतिमा अघि बढ्न जरुरी छ ।’

राजधानीबाट प्रकाशित एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा नेपाली सेनाका बिटमा समाचार लेख्ने पत्रकारको कार्यक्रममा सहभागिता थियो । प्रवक्ता सिलवालले आजै आफ्नो जिम्मेवारी सम्हालेका हुन् । निवर्तमान प्रवक्ता पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप