शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै खर्चमा बंगलादेश : २ स्वर्ण पदक !

बिहीबार, २९ पुस २०७८, २१ : ३१
बिहीबार, २९ पुस २०७८

कर्णाली प्रदेशका खेलाडीहरूले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्ण पदक प्राप्त गरेका छन् । बंगलादेश गोजुरियो कराँते ‘दो’ संघको आयोजनामा गत डिसेम्बर २६ देखि २९ सम्म चलेको वि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागी कर्णालीका खेलाडीले २ स्वर्णसहित २ कास्य पदक जितेका हुन् । 

प्रतियोगितामा सहभागी बनेका सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ के.जी. कुमितेमा कास्य पदक जितेका हुन् ।  त्यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ के.जी. कुमितेमा १ स्वर्ण र सुर्खेतका सन्दिप महतले ७० के.जी. कुमितेमा कास्य पदक जितेका हुन् ।

जिल्ला खेलकुद विकास समिति सुर्खेतकाअनुसार खेलाडीहरु आफ्नै निजी खर्चमा बंगलादेश पुगेका थिए ।  जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बिहीबार एक कार्यक्रमको आयोजना गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले सरोकारवाला निकायसँग कर्णालीका खेडालीको खेल सहभागिता र खर्चका सम्बन्धमा ध्यानाकर्षण गराइने बताए । 

नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदिपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरब बढाएकोमा खेलाडीलाई धन्यवाद दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप