गुडविल फाइनान्सको २७ औं वार्षिक साधारणसभा : १३ प्रतिशत लाभांश पारित
गुडविल फाइनान्स लिमिटेड को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी १० अर्ब नौ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ सात अर्ब ९१ करोड ३३ लाख ८९ हजार ६८० रुपैयाँ पुर्याएको जानकारी दिएको छ ।
संस्स्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोजकाजी तुलाधरले गत वर्ष कोरोना महामारीका कारण नियमित व्यवसायमा समेत उत्पन्न हुँदा पनि संस्थाले अपेक्षाजनक कार्य गर्दै लगानीकर्ताहरुलाई अघिल्लो आर्थिक वर्षभन्दा बढी प्रतिफल दिन सकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने