विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बिहीबार, २९ पुस २०७८, २१ : ०३
विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।
सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बिके र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका हुन् । २०७८ माघ १ गतेदेखि लागू हुनेगरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
प्रभु क्यापिटलले विशालबजार कम्पनी लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् सेयरधनीहरूको लगत अद्यावधिक लगायत कार्यहरू गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने