बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

बिहीबार, २९ पुस २०७८, २१ : ०३
बिहीबार, २९ पुस २०७८

विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड  नियुक्त भएको छ । सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बिके र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका हुन् । २०७८ माघ १ गतेदेखि लागू हुनेगरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

प्रभु क्यापिटलले विशालबजार कम्पनी लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् सेयरधनीहरूको लगत अद्यावधिक लगायत कार्यहरू गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप