मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति बनाइयो

बिहीबार, २९ पुस २०७८, २० : १२
बिहीबार, २९ पुस २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो पटकको कोरोना महामारीको समयमा गरिएको चार्टर फ्लाइटमा भएको भनिएको अनियमितताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ ।  खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाइ उद्धार गर्न चार्टर फ्लाइट गरिएको थियो । 

मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । 

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् । 

आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुइटेलले बताए । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?