शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको विषयमा यम बरालले भने, ‘छोराको खुशी यसमै देखेँ’

बिहीबार, २९ पुस २०७८, १९ : ११
बिहीबार, २९ पुस २०७८

लोकप्रिय गायक यम बरालले आफ्नो दोस्रो विवाह छोराको कारणले गोप्य राखेको बताएका छन् । अहिले सामाजिक संजालमा सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणी धेरै हुने गरेको छ । मैले विवाह सार्वजनिक गर्दा पनि विभिन्न टिकाटिप्पणी हुनसक्थ्यो बरालले भने, ‘मेरो छोरो भर्खरकै छ । उसले ती सबैकुरा बुझ्दैन । उसको जीवनमा नकारात्मक प्रभाव नपरोस् भन्ने मेरो चाहाना हो ।

आफ्नो व्यक्तिगत इच्छाले भन्दा पनि छोराको कारणले विवाह गरेको उनको भनाइ थियो । उनले गत मंसिरमै गीता सिवाकोटीसँग दोस्रो विवाह गरेको भएपनि बुधबार मिडिया मार्फत यो विषय सार्वजनिक भएको थियो ।

 विवाह सार्वजनिक भएपछि सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनी मिडियामा आएका हुन् ।

मैले विवाह लुकाउन खोजेकै होइन । विवाह पारिवारिक सहमतिमा भएको हो । त्यो लुकाउनुपर्ने कारण केही थिएन, बरालले रातोपाटीसँग भने, ‘छोरालाई असर पर्छ भन्ने एक कारण त थियो नै, अर्काे कारण परिवारले रमझममा नलाग्न सुझाएका पनि थिए । विवाह सार्वजनिक भएसँगै यसबारे आउने प्रतिक्रिया आफूले ग्रहण गर्ने बताएका बरालले छोराकै कारणले आफूले विवाह गर्नु परेको खुलाए ।

गीताजीसँग एक दिदीमार्फत भेट भएर सामान्य चिनजान मात्र थियो । चिनजान भएको समय छोरापनि सँगै थियो । त्यसपछि छोरा र गीताजीको भेटघाट बाक्लिदै गएछ । उहाँसँग एकछिन पनि छुटिन नसक्ने सामिप्यता भैसकेको रहेछ । त्यो त मलाई थाहा नै थिएन, बरालले अगाडि थपे, ‘मैले आमा र बुबानै म भन्ठान्थेँ । उसले त आमाको माया उहाँबाट अपेक्षा गर्न थालिसकेको रहेछ । करिव दश बर्ष एक्लै जीवन बिताएर विवाह नगर्ने सोचका साथ बसेको आफूले छोराको कारणले विवाह गरेको दोहोर्याए ।

कुनै पनि बुबाआमाले आफ्नो बच्चाको खुशी हेर्छ । मैले पनि गीतासँग छोराको खुशी देखेँ बरालले थपे यो विवाहपछिको प्रतिक्रियाले मैले धेरै किसिमको तनाव पनि भोगेको छु ।

बरालले करिब एक बर्ष अगाडि अमेरिकाबाट फर्किएका हुन् । उनले विवाह अगाडि काठमाडौंका नयाँ घर पनि किनेका थिए । अमेरिकाबाट आउनु, घर किन्नु र विवाह गर्नु बरालको पहिलेकै योजना रहेको समेत कतिपयले बताएका छन् । तर बराल भने यसमा सत्यता नरहेको बताए ।

भने, ‘काठमाडौंमा घर किन्ने समय विवाहको कुरो केही थिएन । यो संयोग हो । आफ्नो विवाहले अहिले छोराले आमा पाएको उनको प्रतिक्रिया छ ।

बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्धविच्छेद गरेका थिए । राणा र बरालको एक छोरा रहेका छन् । जो बरालसँग बस्दै आएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप