नयाँ कर्मचारीलाई तालिम नदिन माग गर्दै नेपाल रेल्वेका पूर्व कर्मचारीले बुझाए ज्ञापनपत्र
जनकपुर । नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्व कर्मचारीको एक समूहले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नयाँ कर्मचारीलाई दिइरहेको तालिम तत्काल रोक्न माग गरेका छन् । बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै नयाँ कर्मचारीलाई नेपाल रेल्वेले दिइरहेको तालिम कानुन विपरीत रहेको भन्दै तत्काल रोक्न उनीहरुले माग गरेका हुन् ।
पुराना रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधामको मत्स्य तालिम केन्द्रमा चलिरहेको तालिम स्थगित नभएमा र सात दिनभित्र नवनियुक्त कर्मचारीलाई नहटाइएमा चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनकारीहरुको ज्ञापन पत्र बुझ्दै संविधानमा व्यवस्था रहेअनुसार विरोधका कार्यक्रम गर्न सुझाव दिँदै अदालत र श्रम कार्यालयमा न्यायका लागि पहल गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘जागिरबाट निकालिएका व्यक्तिहरुले विरोध गर्नुभन्दा अदालतमा गएर मुद्दा जाहेरी दिएमा तत्काल फैसला हुने र न्याय पनि पाइने हुनाले कानुनले दिएको अधिकारको सदुपयोग गर्नुस् ।’
आन्दोलनरत पूर्व कर्मचारी इन्द्रजित यादवले स्थायी पदपूर्ति नहुन्जेलसम्म मन्त्रिपरिषदको निर्णय बमोजिम रेल्वेका पुराना कर्मचारीबाटै काम काज गराउने भनिएकोमा बिना कुनै जानकारी आफूहरुलाई निष्काशन गरिएको बताए ।
पुराना रेल्वे कर्मचारी संघर्ष समिति जनकपुरधामले बुझाएको ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश २ को यातायात मन्त्रालय, रेल्वे विभागलाई बोधार्थ पठाइएको छ ।
नेपाल रेल्वेका लागि सरकारले करारमा १५५ जना नियुक्त गरे पनि सरकार परिवर्तन भएसँगै हटाइएको थियो । त्यसपछि नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले ५५ जनालाई ज्यालादारीमा नियुक्त गरेका हुन् । उनीहरुलाई हाल तालिम दिइएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण