
पोल सार्न १ लाख ४० हजार घुस, प्राधिकरणका सब-स्टेसन प्रमुख पक्राउ

बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ ग्रिड महाशाखा सब-स्टेसन पाटन ललितपुरमा कार्यरत सब-स्टेसन प्रमुख सुपरभाइजर सोम प्रसाद पहाडी छन् ।
नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पहाडीलाई सेवाग्राहीबाट रुपैयाँ लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ । प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार यसबारेमा थप अनुसन्धान भइरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ