बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा टिपर दुर्घटना, चालकको मृत्यु

बिहीबार, २९ पुस २०७८, १७ : ५९
बिहीबार, २९ पुस २०७८

बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको  देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर  दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनौल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।

 टिपर  अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप