सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

विधान चुनावअघि उत्तर प्रदेश भाजपामा पहिरो

बिहीबार, २९ पुस २०७८, १७ : ०९
बिहीबार, २९ पुस २०७८

एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा) लाई उत्तर प्रदेशमा धक्का लागेको छ ।  आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदैछ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् । 

जसमा मौजुदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका स्वार्मीप्रसाद मौर्य र दारासिंह चौहान छन् । 

यस्तै भाजपा परित्याग गर्नेहरूमा भगवती सागर, रोशनलाल वर्मा, विनय शाक्य, अवतार सिंह भाडाना, बृजेश प्रजापति, मुकेश वर्मा, राकेश राठौर, जय चौबे, माधुरी वर्मा, आरके शर्मा, बाला अवस्थी र धर्मसिंह सैनी छन् ।  विधानसभाको ४०३ का सिटका लागि उत्तर प्रदेशमा १० फेब्रुअरी १० देखि ७ मार्चसम्म सात चरणमा निर्वाचन हुँदैछ । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप