आफ्नै पार्टीको सरकारलाई काँग्रेसको आठ बुँदे ध्यानाकर्षण (पत्रसहित)

आफ्नै पार्टीको सरकारलाई नेपाली काँग्रेसले सबै नागरिकलाई कोरोनाभाइरसको खोप पुर्याउनसहित आठ बुँदे माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले बिहीबार आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन् ।
आठ बुँदे ध्यानाकर्षण पत्र
१.परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने ।
२.बृद्व, बृद्वा/दीर्घरोगीहरू र बालबालिकाहरू बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्ने ।
३.नेपालमा तत्काल सबै नागरिकसामु खोप/बुष्टर पुर्याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप/बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पुर्याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिने ।
४.नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्ने ।
५.स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधा/राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्ने ।
६.नयाँ भेरियन्ट फैलन नदिन सिमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर/आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्ने ।
७.कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने/गराउने ।
८.कोरोना भाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न/गराउन, कडाईका साथ पहल गर्ने–गराउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?