शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इनर्जी ड्रिंक आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध डब्लूटीओमा थाइल्याण्ड

बिहीबार, २९ पुस २०७८, १६ : ५१
बिहीबार, २९ पुस २०७८

थाइल्याण्ड सरकार नेपालविरुद्ध विश्व व्यापार संगठन (डब्लूटीओ) मा पुगेको छ । इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध थाइल्याण्ड डब्लूटीओको सरणमा पुगेको हो ।

नेपालले व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै वि.स. २०७६ को असारमा विदेशबाट आउने इनर्जी ड्रिंक र जुस आयातमा प्रतिबन्ध लगाएको थियो । यसमा थाइल्याण्डबाट आयात हुने रेडबुल समेत पर्यो । सरकारको यही निर्णयविरुद्ध थाइल्याण्ड सरकार डब्लूटीओको ढोका ढकढक्याउन पुगेको हो ।

थाइल्याण्डले डब्लूटीओलाई दिएको सूचनाअनुसार नेपालको उक्त निर्णयबाट त्याँहाका निजी क्षेत्रले रेडबुल निर्यात रोकिएको छ । यो निर्णयबाट नेपाली बजारलाई लक्षित गर्दै गरिएको लेबलिङ, डिजाइन र उत्पादन प्रभावित बनेको थाइल्याण्डको दाबी छ । सरकारको यो निर्णय अघि थाइल्याण्डबाट वार्षिक अर्बौ रुपैयाँको रेड बुल (इनर्जी ड्रिंक) आउने गरेको थियो ।

नेपालले इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने निर्णय गरेपछि दुईपक्षीय वार्ता गरेपनि सफल हुन सकेको थिएन । थाइल्याण्डले नेपाल सन् २००४ मा विश्व व्यापार संगठनमा हस्ताक्षर गरेको र उक्त हस्ताक्षरपछि कुनै पनि वस्तुको आयात प्रतिबन्ध लगाउन नमिल्ने थाइल्याण्डले स्मरण गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप