शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चिति १३ प्रतिशतले घट्यो

बिहीबार, २९ पुस २०७८, १६ : ४४
बिहीबार, २९ पुस २०७८

निरन्तर घट्दो क्रममा रहेको विदेशी मुद्राको सञ्चितिमा खासै सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा कुल १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको विदेशी मुद्राको सञ्चिति चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर सम्ममा) १३.२ प्रतिशतले कमी आई १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको हो । 

यस्तो सञ्चिति अमेरिकी डलरमा २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट «बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी आई १० खर्ब ८४ अर्ब ६४ करोड कायम भएको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैँकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब ४० करोड कायम भएको बैंकले जनाएको छ । 

२०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ । हाल कायम विदेशी मुद्राको सिञ्चितिले आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप