प्रदेश सरकारको स्रोत : २९.७५ प्रतिशतमात्र आफ्नो, बाँकी केन्द्रबाटै
चालू आर्थिक वर्षको पाँच महिना (मंसिर मसान्तसम्म) मा प्रदेश सरकारहरूले कूल २७ अर्ब ६१ करोड रुपैयाँ खर्च गर्दा राजस्व र अन्य स्रोतबाट जम्माजम्मी १७ अर्ब ५० करोड रुपैयाँ परिचालन गरेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अध्ययन गर्दा प्रदेश सरकारको स्रोत परिचालन र कूल खर्चबीच १० अर्ब नौ करोड रुपैयाँ अन्तर देखिएको हो ।
मंसिरसम्ममा सातवटा प्रदेश सरकारहरूले कूल ५८ अर्ब ८४ करोड रुपैयाँ स्रोत प्राप्ति गरेका छन् । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ४१ अर्ब ३४ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
यस अवधिमा प्रदेश सरकारहरूले राजस्व र अन्य स्रोतबाट १७ अर्ब ५० करोड रुपैयाँ परिचालन गरेका हुन् । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरूको खर्च २७ अर्ब ६१ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
समीक्षा अवधिभित्र प्रदेश सरकारले प्राप्त गरेको कूल स्रोतमा ७०.२५ प्रतिशत योगदान संघीय सरकारकै छ । बाँकी २९.७५ प्रतिशतमात्र प्रदेश सरकारले जुटाउन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण