बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सरकारको स्रोत : २९.७५ प्रतिशतमात्र आफ्नो, बाँकी केन्द्रबाटै

बिहीबार, २९ पुस २०७८, १६ : ४२
बिहीबार, २९ पुस २०७८

चालू आर्थिक वर्षको पाँच महिना (मंसिर मसान्तसम्म) मा प्रदेश सरकारहरूले कूल २७ अर्ब ६१ करोड रुपैयाँ खर्च गर्दा राजस्व र अन्य स्रोतबाट जम्माजम्मी १७ अर्ब ५० करोड रुपैयाँ परिचालन गरेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अध्ययन गर्दा प्रदेश सरकारको स्रोत परिचालन र कूल खर्चबीच १० अर्ब नौ करोड रुपैयाँ अन्तर देखिएको हो ।

मंसिरसम्ममा सातवटा प्रदेश सरकारहरूले कूल ५८ अर्ब ८४ करोड रुपैयाँ स्रोत प्राप्ति गरेका छन् । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ४१ अर्ब ३४ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

यस अवधिमा प्रदेश सरकारहरूले राजस्व र अन्य स्रोतबाट १७ अर्ब ५० करोड रुपैयाँ परिचालन गरेका हुन् । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरूको खर्च २७ अर्ब ६१ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । 
समीक्षा अवधिभित्र प्रदेश सरकारले प्राप्त गरेको कूल स्रोतमा ७०.२५ प्रतिशत योगदान संघीय सरकारकै छ । बाँकी २९.७५ प्रतिशतमात्र प्रदेश सरकारले जुटाउन सकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप