कोरोना कहर : स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने
बिहीबार, २९ पुस २०७८, १६ : २८

कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ ।
यो निर्णयसँगै कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि बढाउन सकिने स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह