कोरोना कहर : स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने
बिहीबार, २९ पुस २०७८, १६ : २८
कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ ।
यो निर्णयसँगै कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि बढाउन सकिने स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण