बजार महँगीले सीमा नाघ्यो
बजार महँगीले सीमा नाघेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मका लागि बजार महँगीको अधिकतम् सीमा ६.५ प्रतिशत राखेको सो सीमालाई समेत क्रस गर्दै बजार महँगी ७.११ प्रतिशत पुगेको हो ।
बिहीबार राष्ट्र बैंकले जारी गरेको पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चरम कोभिड–१९ को बेलाको भन्दा पनि उच्च हो । आर्थिक वर्ष २०७६/७७ मा यस्तो मुद्रास्फीति अधिकतम् ७ प्रतिशत कायम भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भने यस्तो मुद्रास्फीति जम्मा २.९३ प्रतिशत मात्र रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ ।
२०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ ।
यस्तो मुद्रास्फीति क्षेत्रगत रुपमा समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको बैंकले जनाएको छ । २०७७ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण