मिसाइल परीक्षणपछि उत्तर कोरियाली र केही रुसीमाथि अमेरिकी प्रतिबन्ध
अमेरिकाले ८ उत्तर कोरियाली र रुसीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको हो । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो ।
‘आजको यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश मात्रै हो । उत्तर कोरियाले आम विनाशकारी र ब्यालेस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्दै आएको छ ,’ अमेरिकी अधिकारी ब्रायन ई नेल्सनले विज्ञप्तिमार्फत बताएका छन् ।
‘उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपण यो मुलुकको हतियार विकासको अर्को प्रमाण हो । त्यसैले अन्तर्राष्ट्रिय समुदायको कुटनीति र परमाणु निशस्त्रीकरणका आह्वानका बावजुद उसमाथि प्रतिबन्धात्मक कार्यक्रमलाई निरन्तरता दिइने छ,’ उनले भने ।
ट्रेजरी विभागले पहिले पनि यस किसिमको प्रतिबन्ध लगाउँदै आएको थियो । यो प्रतिबन्धमा थप एक उत्तर कोरियाली अधिकारी र एक रुसी अधिकारी तथा रुसी सम्पत्ति पनि समावेश छ ।
स्थानीय समय अनुसार मंगलबार गरिएको मिसाइल परीक्षणको पूर्ण मूल्याङ्कन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती