शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थललाई खुलै राख्न खाली उडे युरोपका हजारौँ विमान

बिहीबार, २९ पुस २०७८, १५ : ५५
बिहीबार, २९ पुस २०७८

माग झन्डै खाली भएपनि युरोपमा हजारौँ यात्रुवाहक विमान यो हिउँदमा खाली उडेका छन् । उडान भर्ने र अवतरण गर्ने ठाउँलाई दुरुस्तै राख्न न्यून हवाइयात्राको माग भएका समयमा पनि उनीहरुले खाली नै भएपनि विमान उडाएका हुन् । विमान उद्योगले सिर्जना गरेको जलवायु परिवर्तन र कार्बन प्रदूषणमा अन्तर्राष्ट्रिय चिन्ता बढेकै समयमा यो पछिल्लो कदमप्रति विवाद र आक्रोश दुबै बढेका छन् ।

विमानस्थलका प्रतिनिधिहरुले भने यसको प्रतिरक्षा गरेका छन् । व्यावसायिक सम्भाव्यता, कनेक्टिभिटी र प्रतिस्पर्धी क्षमता कायम राख्नका लागि यो आवश्यक भएको तर्क उनीहरुको छ । विमान सेवाहरुले यसलाई प्रयोग गर्नुस् वा गुमाउनुहोस् भन्ने विषयमा अभिव्यक्ति समेत दिएका छन् । यसलाई युरोपेली आयोगले स्थापना गरेको हो । यो ईयूको कार्यकारी निकाय हो, जसलाई २०२० मा मार्चमा निलम्बन गरिएको थियो । त्यति बेलादेखि विमानस्थल खुला राख्न पाएको ५० प्रतिशत प्रयोग भएका छन् । यो गृष्म कालिन अवधिमा यो तथ्यांक ८० प्रतिशत पु–याउने लक्ष्य राखिएको छ ।

ओमिक्रोन भेरियन्टले माग ओरालो लागेपछि जर्मन ध्वजावाहक लुफ्थान्सा ती विमान सेवा कम्पनी मध्येको एक हो, जसले ३३,००० को हाराहारीमा उडान कटौती गरिसकेको छ । हिउँदको समयमा खुला राख्ने मापदण्ड पुरा गर्न यसले अझै १८,००० उडान भर्नुपर्ने हुन्छ ।

यसकै सहुलियतमा चलेको ब्रसेल्स एयरलायन्सले मार्चको अन्त्य सम्ममा ३,००० को हाराहारीमा खाली उडान भरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप