बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यतीबाट फ्लाइट बुकिङ गरी ‘खल्ती’ मार्फत भुक्तानी गर्दा ४५० रुपैयाँ ‘क्यास ब्याक’

बिहीबार, २९ पुस २०७८, १५ : ४४
बिहीबार, २९ पुस २०७८

अनलाइन भुक्तानी सेवा खल्तीले यती एयरलाइन्ससँगको साझेदारीमा रु. ४५० को क्यास ब्याक अफर ल्याएको छ । फ्लाइट बुकिङमा क्यास ब्याक दुई चरणमा प्राप्त हुने कम्पनीले जनाएको छ । बुकिङ गर्दाको बिल रकममा रु.१५० घट्नेछ भने बाँकी रहेको रु.३०० खल्ती वालेटमा क्यास ब्याक स्वरुप प्राप्त हुन्छ । 

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘यती एयरलाइन्ससँग मिलेर काम गर्दा प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पु-याउँदा उत्साहित भएको बताए’ । 
यस्तै, यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले खल्तीसँग सहकार्य गरेर ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्न पाउदा उत्साहित भएको बताए । यो अफर पुस २९ देखि फागुन ३ गतेसम्म मान्य हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप