सेयर बजार ५४ अंकले बढ्दा कारोबार रकम भने घट्यो
साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक उत्साहजनक रूपमा बढेर बन्द भएको हो ।
यसक्रममा आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । हिजो बुधबार ८ अर्ब तीन करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै, हिजो परिसूचक ३० अंकले घटेको थियो ।
आज ५४ अंकले बढेसँगै नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा हिजो बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसबाहेक अन्य दिन नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ ।
परिसूचकमा उल्लेख्य सुधार आउँदा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । मध्यभोटेकोसी, माउन्टेन हाइड्रो नेपाल, कणाली विकास बैंक र शिव श्री हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको हो ।
यसैगरी, आज माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज तामाकोसीको ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यसपछि अपि पावरको सेयर २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण