बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

रुसी सेनाले यूक्रेनलाई ३ तर्फबाट घेर्‍यो

बिहीबार, २९ पुस २०७८, १५ : ०७
बिहीबार, २९ पुस २०७८

१ लाख भन्दा बढी रुसी सेनाले यूक्रेनलाई तीनतर्फबाट घेरेर राखेको छ । रुसी घेराबन्दी र युक्रेनमा हमलाको आशंकाबीच जेनेभामा रुस र अमेरिकाबीच भइरहेको वार्ताको दोस्रो दिन मंगलबार पनि गतिरोध कायम थियो । रुसी उप विदेशमन्त्री रायबाकोवले अमेरिकी उप विदेशमन्त्री वेन्डी शर्मनलाई एक सुत्रे सर्त राखेका थिए । अमेरिकाले युक्रेनलाई  सैन्य संगठन नाटोमा समावेश नगरोस् भन्ने रुसको भनाई छ ।

रुसी स्रोतका अनुसार ऊ अमेरिकासँग स्पष्ट समाधान चाहन्छ । अमेरिकाले हाल युक्रेनलाई नाटो सेनामा समावेश गर्ने बारेमा कुनै प्रतिबद्धता जनाएको छैन । रुसी सेनाले यूक्रेनलाई पूर्वी क्षेत्रको सोलोटी र बोगुचार, उत्तरी क्षेत्रमा पोचेपबाट घेरेर राखेको छ । सैन्य विशेषज्ञका अनुसार रुस लगातार युक्रेन​को सीमामा आफ्नो सैन्य उपस्थितिलाई बढाउँदै गरेको छ । अतिरिक्त सैनिक पनि तैनाथ गरिएका छन् ।

अमेरिका अहिले नै युद्धमा होमिने छैनः

यदि युद्ध भएको स्थितिमा अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँछ भने यसको फाइदा चीनलाई हुनेछ । अमेरिका यो चाहँदैन । अमेरिका सीधा युद्धमा समावेश हुन चाहँदैन ।

पुटिनलाई अब युक्रेनमा समर्थन छैन

पहिले पूर्वी युक्रेन पुटिनको समर्थनमा हुने गर्दथ्यो । सन् २०१४ मा रुसले क्रिमियामा हमला गरेपछि स्थिति फेरिएको छ । युक्रेनका जनता अब रुस बिरोधी सरकारलाई निर्वाचित गराउँदै आएका छन् ।

युरोपको कमजोरी भनेकै रुसी ग्यासः

प्रतिबन्धको स्थितिमा रुसले प्रतिक्रियाको रुपमा युरोपमा ग्यासको आपूर्ति रोक्न सक्छ । यसले  अमेरिकाको सहयोगी यूरोपेली देश प्रभावित हुनेछन् । यूरोपको ४० प्रतिशत ग्यास आपूर्ति रुसबाट हँुदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप