खोप लगाउनेको भीडमा देखिएन स्वास्थ्य मापदण्डको पालना
बिहीबार, २९ पुस २०७८, १४ : ४३

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । तर, खोप लगाउनेको भीडमा स्वास्थ्य मापदण्डको पालना भने देखिएको छैन । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु(कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको हो ।
काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड उल्लेख्य मात्रामा बढेको हो । बिहीवार टेकु अस्पतालमा धेरै भीड देदिएको छ । टेकु अस्पताल परिसर भन्दा बाहिर सडकसम्मै खोप लगाउनेहरुको लाइन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार