लोसपाभित्र चर्को असन्तुष्टि, अध्यक्ष ठाकुरका विरुद्ध पुनः आन्दोलन गर्ने तयारी
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नगरेको भन्दै सो पार्टीको असन्तुष्ट पक्ष पुनः आन्दोलन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष ठाकुरले पार्टीको बैठक नबसाई एकलौटी निर्णयहरु गरेको दावी गर्दै सो पार्टीका असन्तुष्ट नेताहरुले संघर्षका कार्यक्रम ल्याउने तयारी गरेका हुन् ।
अध्यक्ष ठाकुरका एकलौटी निर्णयका विरुद्ध लोसपाका असन्तुष्ट नेताहरु यही पुस १२ गतेदेखि पार्टी कार्यालयमा धर्ना बसेका थिए । त्यसपछि अध्यक्ष ठाकुरले असन्तुष्ट पक्षसँग आफ्नो निवासमा बोलाएर वार्ता गरेका थिए । वार्तामा अगामी दिनमा सबैको सहमतिमा निर्णय लिने र बैठकहरू बसाउने प्रतिबद्धता अध्यक्ष ठाकुरले गरेका थिए । तर त्यसपछि पनि उनले विभिन्न नियुक्ति एकलौटी ढंगबाट गर्न थालेपछि थप संघर्ष गर्नुपर्ने अवस्था आएको लोसपाका नेता सञ्जय सिंहले बताए ।
उनले भने, ‘हामीले अध्यक्ष ठाकुरसँग छलफल गर्दा उहाँले पार्टीमा भएका मनोनयनहरुको बारेमा पुर्नविचार गरिने र अगामी निर्णयहरु पार्टीको बैठक बसेर तय गरिने भन्नुभएको थियो तर उहाँ पुरानै शैलीमा हिड्न थाल्नुभएको छ, भटाभट मनोनयनहरु गरिनै रहनुभएको छ, पार्टीका बैठकहरू पनि बसाउनुभएको छैन, त्यही भएर उहाँका विरुद्ध पुनः आन्दोलनका थप कार्यक्रम तय गर्ने तयारी गरिरहेका छौं ।’
जनकपुरमा माघको पहिलो हप्ता बृहत बैठक राखेर आन्दोलनका बारेमा छलफल गरि अगाडि बढ्ने तयारी भएको समेत उनले बताए । अर्का नेता रमण पाण्डेले पनि पार्टी अध्यक्षमा सुधार नआएको बताए । उनले भने, ‘पार्टीमा भएका त्रुटीलाई अध्यक्षज्यूले सुधार गर्नुहुन्छ जस्तो आफूलाई लागेको थियो तर हालसम्म त्यस्तो केही संकेत पाइएन ।’
आफूले अध्यक्ष ठाकुरलाई भेटेर पनि यी कुरा सम्झाएको तर कुनै प्रतिकृया नदिएको भन्दै पाण्डेले असन्तुष्टि पोखे । पाण्डेले अब बैठक बसेर संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण