बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राजस्व छली आशंकामा एचबी र गणपति ट्रेडमाथि अनुसन्धान हुँदै

बिहीबार, २९ पुस २०७८, १३ : २२
बिहीबार, २९ पुस २०७८

दर्ता ठेगाना काठमाडौं रहेका एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सले राजस्व छलेको आशंकामा अनुसन्धान थालिएको छ । राजस्व अनुसन्धान विभागले यी दुई फर्मलाई सात दिनभित्र हाजिर हुन निर्देशन नै दिएको छ । एचबी ट्रेडका सञ्चालक विमल अग्रवाल र गणपतिका दीपेन्द्रकुमार अग्रवाल हुन् । 

घर ठेगाना र टेलिफोनबाट हाजिर हुन निर्देशन दिएपनि अग्रवालद्वय हाजिर नभएको विभागले जानकारी दिएको छ । अबको सात दिनभित्र पनि विभागमा नआए उजुरबाजुर नलाग्ने र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन), २०५२ अनुसार मुद्दा अघि बढाउने तयारी विभागको छ । 

राजस्व छलेको आशंकामा विभागले यी दुई फर्मको कारोबारबारे अनुसन्धान गरिरहेको हो । यी फर्मले सरकारी ठेक्का लिएर समेत काम गर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप