आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ

बिहीबार, २९ पुस २०७८, १३ : १७
बिहीबार, २९ पुस २०७८

सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका–७ घुस्की बस्ने २२ वर्षीय सविर मियाँ छन् । उनलाई बुधवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हतियार ल्याएको सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सो हतियार बरामद गरेको हो । आरोपीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप