ad
x

फरार प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ, नेपाल ल्याइयो

person explore access_timeपुस २९, २०७८ chat_bubble_outline0

उदयपुरमा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका–६ घर भएका ४० वर्षीय  गोबिन्द मगरलाई साउदी अरेबियाबाट पक्राउ गरेर बुधवार काठमाडौं ल्याएको प्रहरी प्रवक्ता (डिआइजी) मुकुन्द राज आचार्यले रातोपाटीलाई बताए । 


प्रहरी प्रधान कार्यालयको ईन्टरपोल शाखामार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि उनि बिरुद्ध २०७७ माघ २६ मा रेड नोटिस जारी गरिएको थियो । कर्तव्य ज्यान मुद्दामा फरार गोबिन्द मगरलाई इन्टरपोलको सहयोगमा साउदी अरेबियामा पक्राउ गरेपछि नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले नेपाल ल्याएको हो ।  



मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङको हत्या गरेको मुद्दामा  जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति जारी भएको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालयले रेड नोटिस जारी गर्नका लागी पत्राचार गरेको थियो । मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा पठाएको डिआइजी आचार्यले बताए ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।