नेपाली सेनाको प्रवक्तामा सिलवाल
बिहीबार, २९ पुस २०७८, १२ : ३७
नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् ।
उनले भनेका छन् : ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’
यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहेका थिए । पौड्यालले पनि आजबाट सेनाको प्रवक्ताको जिम्मेवारी सिलवाललाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । पौड्यालले आफ्नो कार्याकालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितुवाको छालासहित युवक पक्राउ
-
राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी
-
नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया
-
‘सङ्क्रमणकालीन न्याय निरूपणका बाँकी काम शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न सक्दैन’
-
एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त
-
आवश्यक कानुन बनाउन नसक्दा द्वन्द्वपीडितले न्याय पाउन सकेनन् : दुवाडे