बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको प्रवक्तामा सिलवाल

बिहीबार, २९ पुस २०७८, १२ : ३७
बिहीबार, २९ पुस २०७८

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् ।

उनले भनेका छन् : ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’ 

यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहेका थिए । पौड्यालले पनि आजबाट सेनाको प्रवक्ताको जिम्मेवारी सिलवाललाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।  पौड्यालले आफ्नो कार्याकालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप