भारतमा थप २ लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित
![भारतमा थप २ लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित](https://rpcdn.ratopati.com/media/albums/india_corona_virus_qV1oqVDZaB.jpg)
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार ३६१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.५९ प्रतिशत रहेको जनाइएको छ ।
सोही अवधिमा थप ३८० को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाख भन्दा बढी डोज खोप लगाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक
-
मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु भयो : मन्त्री अर्याल
-
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : कोइराला
-
लुम्बिनीका प्रदेश प्रमुखलाई एमालेले लेख्यो पत्र
-
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह
-
खेतबारीमा विषादीको प्रयोग बढ्दो, क्यान्सरदेखि मिर्गौला फेलको खतरा