आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री कार्की

बिहीबार, २९ पुस २०७८, ११ : ५८
बिहीबार, २९ पुस २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका कार्की कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको बताए ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेखिएका छन्, ‘पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’ 

उनले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताए । मन्त्री कार्कीले भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ’ उनले  आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप