कोरोना नै कोरोनाको दुश्मन : प्रकृतिमा भएको भाइरस नै बढाउँदैछ कोरोनाविरुद्ध प्रतिरोधात्मक क्षमता

विश्वलाई पछिल्लो २ वर्षदेखि कोभिड–१९ को महामारीले आक्रान्त पारेको छ । यसको पछाडि (SARS-CoV-2) नामक भाइरसको मुख्य हात छ । यद्यपि, वातावरणमा यस्ता कैयौँ भाइरसहरु छन् जुन मानव शरीरका लागि घातक छैनन् । लण्डनस्थित इप्पिरियल कलेजका वैज्ञानिकका अनुसार प्रकृतिमा हुने सामान्य रुघाखोकी लगाउने भाइरस नै कोभिड–१९ को संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता बढाइरहेको छ ।
रुघाखोकी लगाउने भाइरस नै बनाउँदैछ शरीरमा टि–सेल
नेचर कम्युनिकेशन्स जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार वैज्ञानिकहरुले चिसो, रुघाखोकी लगाउने भाइरसले मानिसको शरीरमा SARS-CoV-2 सँग लड्ने टि–सेलहरुको निर्माण गरिरहेको बताएका छन् । प्रकृतिमा पाइने ति भाइरसले शरीरमा एन्टिबडी बनाउने र कोभिडसँग लड्न सहयोग गर्ने वैज्ञानिकहरुको दाबी छ । टि–सेलले भाइरससँग लड्न र भाइरसलाई मार्ने काम गर्छ ।
कसरी काम गर्छ टि–सेल ?
टि–सेलले भाइरसबाट संक्रमित हुन रोक्दैन । तर, संक्रमण भएपछि शरीरभित्र पुगेको भाइरसलाई भने मार्न मद्दत गर्छ । साथै, यो सेलले अर्को सेलसँग मिलेर शरीरमा एन्टिबडी निर्माण गर्छ । दक्षिण अफ्रिकाको सरकारले टि–सेल मजबुत गर्नका लागि खोप लगाउन अनिवार्य भएको बताएको छ ।
पहिले पनि भएको थियो अनुसन्धान
यसअगाडि पनि यस विषयमा अनुसन्धान भएको थियो । जसमा कोरोना भाइरसका कारण शरीरमा बन्ने टि–सेलले SARS-CoV-2 लाई पहिचान गर्न सक्छ । र पहिचान गरेपछि त्यसको विरुद्ध लड्न थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान र हितेन्द्रको मुद्दामा आज निर्णय भएन, आइतबार अर्को पेसी
-
गर्भवती महिलाको पेटबाट निकालियो कैँची, १७ वर्ष अघिको घटनासँग थियो साइनो
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
-
राजावादी समूह बानेश्वरतर्फ अघि बढेपछि ‘धकेलाधकेल’
-
सुनधाराबाट सुरु भयो गणतन्त्रवादीको र्याली (तस्बिरहरू)
-
प्रतिस्थापन विधेयक अघि बढाउन खोजे विपक्षी दलले राष्ट्रियसभा बहिष्कार गर्ने