बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नै कोरोनाको दुश्मन : प्रकृतिमा भएको भाइरस नै बढाउँदैछ कोरोनाविरुद्ध प्रतिरोधात्मक क्षमता

बिहीबार, २९ पुस २०७८, ११ : २८
बिहीबार, २९ पुस २०७८

विश्वलाई पछिल्लो २ वर्षदेखि कोभिड–१९ को महामारीले आक्रान्त पारेको छ । यसको पछाडि (SARS-CoV-2) नामक भाइरसको मुख्य हात छ । यद्यपि, वातावरणमा यस्ता कैयौँ भाइरसहरु छन् जुन मानव शरीरका लागि घातक छैनन् । लण्डनस्थित इप्पिरियल कलेजका वैज्ञानिकका अनुसार प्रकृतिमा हुने सामान्य रुघाखोकी लगाउने भाइरस नै कोभिड–१९ को संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता बढाइरहेको छ । 

रुघाखोकी लगाउने भाइरस नै बनाउँदैछ शरीरमा टि–सेल 
नेचर कम्युनिकेशन्स जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार वैज्ञानिकहरुले चिसो, रुघाखोकी लगाउने भाइरसले मानिसको शरीरमा SARS-CoV-2 सँग  लड्ने टि–सेलहरुको निर्माण गरिरहेको बताएका छन् । प्रकृतिमा पाइने ति भाइरसले शरीरमा एन्टिबडी बनाउने र कोभिडसँग लड्न सहयोग गर्ने वैज्ञानिकहरुको दाबी छ । टि–सेलले भाइरससँग लड्न र भाइरसलाई मार्ने काम गर्छ । 

कसरी काम गर्छ टि–सेल ? 
टि–सेलले भाइरसबाट संक्रमित हुन रोक्दैन । तर, संक्रमण भएपछि शरीरभित्र पुगेको भाइरसलाई भने मार्न मद्दत गर्छ । साथै, यो सेलले अर्को सेलसँग मिलेर शरीरमा एन्टिबडी निर्माण गर्छ । दक्षिण अफ्रिकाको सरकारले टि–सेल मजबुत गर्नका लागि खोप लगाउन अनिवार्य भएको बताएको छ । 

पहिले पनि भएको थियो अनुसन्धान 
यसअगाडि पनि यस विषयमा अनुसन्धान भएको थियो । जसमा कोरोना भाइरसका कारण शरीरमा बन्ने टि–सेलले SARS-CoV-2 लाई पहिचान गर्न सक्छ । र पहिचान गरेपछि त्यसको विरुद्ध लड्न थाल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप