यो देशमा अझै चलिरहेको छ वर्ष २०१३, के छ यस पछाडिका कारण
विश्व अंग्रेजी पात्रो अनुसार २०२२ मा प्रवेश गरिसकेको छ । तर विश्वको यस्तो एउटा मुलुक छ जहाँ सन् २०१३ को वर्ष चलिरहेको छ । यो एक अफ्रिकी देश इथियोपिया हो । इथियोपियाको पात्रो विश्वको पात्रो भन्दा ७ वर्ष ८ महिना पछि चलिरहेको छ ।
यो अफ्रिकी मुलुक विश्वका कयौ अन्य मामिलामा पनि बिल्कुल फरक छ । अन्य देशमा वर्षको १२ महिना हुन्छ भने यो देशमा १३ महिनाको एक वर्ष हुन्छ । इथियोपियाको जनसंख्या करिब ८५ लाख छ, जुन अफ्रिकाकै दोस्रो अधिक जनसंख्या भएको देश हो । इथियोपियाको पात्रो ग्रेगोरियन पात्रो भन्दा करिब पौन ८ वर्ष पछि रहेको छ । यहाँ नयाँ वर्ष जनवरी १ मा मनाइँदैन । सेप्टेम्बर ११ मा यहाँ मानिस नयाँ वर्ष मनाउँछन् ।
सन् १५८२ मा ग्रेगोरियन पात्रो सुरु भएको थियो । यो भन्दा पहिले इथियोपियामा जूलियन पात्रोको प्रयोग गरिन्छ । जुन मुलुुक क्याथोलिक चर्च मान्थे उनीहरुले नयाँ पात्रो स्वीकार गरे । तर कयौ देशमा यो स्वीकारनै गरिएन र यसको बिरोध पनि गरे । यी देशमा इथियोपिया पनि समावेश छ ।
इथियोपियाका मानिस अर्थोडक्स चर्च मान्छन् । ७ बीसीमा इसा मसिहाको जन्म भएको थियो । जसका अनुसार पात्रोको गन्ती सुुरु भयो । जबकी अन्य देशमा इसा मसिहाको जन्म एडी वान मानिन्छ । यस कारण हालसम्मको पात्रोमा वर्ष २०१३ चलिरहेको छ । जबकी विश्वका अन्य देशमा २०२२ सुरु भइसकेको छ ।
इथियोपिन पात्रोमा १३ महिनाको १ वर्ष हुन्छ । जसमा १२ महिना ३० दिन हुन्छ । अन्तिम महिनालाई यहाँ पाग्यूमे भनिन्छ । जसमा पाँच वा ६ दिन हुन्छ । वर्षको गणनामा नआउने दिनलाई जोडेर यो महिना बनाइन्छ ।
सबैभन्दा विशिष्ट कुरा के छ भने युनेस्कोको विश्व सम्पदा साइटमा समावेश सबैभन्दा बढी स्थान इथियोपियाको छ । यहाँको सुन्दरता हेर्न विश्वभरीका मानिस आउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार