बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको मृत्यु

बिहीबार, २९ पुस २०७८, ११ : ०४
बिहीबार, २९ पुस २०७८

भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए ।

पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएपछि ‘इन्क ट्याटु’का सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका थिए । अस्पतालमा उपचारको क्रममा उनको पुस २९ मा बिहान निधन भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप