शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलाइकासँग ब्रेकअपबारे अर्जुन : अफवाहका लागि कुनै स्थान छैन

बिहीबार, २९ पुस २०७८, ०९ : ४७
बिहीबार, २९ पुस २०७८

अर्जुन कपुरले मलाइका अरोडासँगको ब्रेकअपको खबरमा पूर्णविराम लगाएका छन् । बुधबार केही मिडियाले अर्जुन र मलाइकाको ब्रेकअप भएको दाबीसहित समाचार प्रकाशित गरेका थिए । पछिल्लो समय अर्जुन कोरोना सङ्क्रमित भएपछि मलाइकादेखि टाढा थिए ।

अर्जुनले मलाइकासँगको एक सेल्फी पोष्ट गर्दै लेखेका छन्, ‘सन्देहभर अफवाहका लागि कुनै स्थान छैन । सुरक्षित रहनुहोस्, खुसी रहनुहोस् । सबैलाई मंगलको कामना र माया ।’ यसको केही दिनअघि अर्जुनले मलाइका र आफ्नो उमेरको अन्तरको बारेमा उठाइएको प्रश्नबारे पनि जवाफ दिएका थिए ।

अर्जुन कपुर दोस्रो पटक कोरोना सङ्क्रमित भए पछि घरमा आइसोलेसनमा थिए । त्यसपछि उनी रिया कपुरको घरमा डिनरका लागि गएका थिए । तर नजिकै बस्ने मालाइकासँग भने उनले भेटेनन् । मुम्बाईमा कोरोनाको केस बढेसँगै दुई जनालाई एकैसाथ देखिएको थिएन । यसले उनीहरूको ब्रेकअप भएको हल्ला फैलिएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Arjun Kapoor (@arjunkapoor)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप