मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा भयावह कोरोना : एकै दिन २ लाख ४५ हजार सङ्क्रमित, ३७९ जनाको मृत्यु

बिहीबार, २९ पुस २०७८, ०९ : २६
बिहीबार, २९ पुस २०७८

भारतमा बुधबार एकै दिन २ लाख ४५ हजार ५२५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा ८४ हजार ४७९ जना निको भए भने ३७९ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय सक्रिय सङ्क्रमितको सङ्ख्यामा १ लाख ६१ हजार ७२१ जना थपिएका छन् । देशमा हाल ११ लाख ११ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो अवसर हो ।

एकै दिनमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ५२ हजारले वृद्धि भएको छ । यसअघि मंगलबार १ लाख ९३ हजार सङ्क्रमित थपिएका थिए । हालसम्म भारतमा ३.६३ करोड जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३.४७ करोड सङ्क्रमणमुक्त पनि भइसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।

यता, भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमण दर बढेर २६.२२ प्रतिशत पुगेको छ । यसअघि मे ५ मा दिल्लीको सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो । कोरोनाभाइरसको सङ्क्रमणबाट भारतका सबैभन्दा प्रभावित ५ राज्यहरूमा महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली, तमिलनाडु र कर्नाटक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप