लकडाउनमा पार्टी गरेको भन्दै बेलायती प्रधानमन्त्रीको राजीनामा माग
![लकडाउनमा पार्टी गरेको भन्दै बेलायती प्रधानमन्त्रीको राजीनामा माग](https://rpcdn.ratopati.com/media/albums/boris_AKvRAIEt4i.jpg)
लकडाउनका दौरान एक पार्टीमा सहभागी भएको भन्दै शीर्ष नेताहरूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामा माग गरेका छन् । सन् २०२० मा डाउनिङ स्ट्रिडमा आयोजना गरिएको पार्टीबारे माफी माग्दै जोनसनले सर्वसाधारणको आक्रोशलाई बुझेको बताएका छन् ।
तर, स्कटिस टोरी नेता डगलस तथा सांसदहरु विलियम र्‍याग, कारोलिन नोक्स र रोजर गेलले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका हुन् । हाउस अफ कमन्समा बुधबार माफी मागेपछि प्रधानमन्त्रीसँग ‘कठिन संवाद’ भएको रोसले बताए । उनले १९२२ कमिटीलाई प्रधानमन्त्रीमाथि अविश्वास दर्ता गर्नका लागि पत्र लेख्ने पनि बताए ।
‘उनी प्रधानमन्त्री हुन्, उनको सरकारले यी नियमहरू लागू गरेका हुन्, यसका लागि उनी जिम्मेवार छन्,’ उनले भने । यदि ५४ जना कन्जरभेटिभ पार्टीका सांसदहरूले १९२२ कमिटीलाई पत्र लेखे भने नेतृत्वका लागि चुनौती सुरु हुनेछ । मन्त्रीहरूले भने शीर्ष निजामती कर्मचारी सु गेरीले डाउनिङ स्ट्रिटमा आयोजना गरिएको पार्टीबारे गरिएको अनुसन्धानको प्रतिवेदन नआउँदासम्म पर्खनका लागि आग्रह गरेका छन् । उक्त प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने बताइएको छ ।
प्रधानमन्त्री जोनसनले मार्च २०२० बाट लकडाउनलाई खुकुलो बनाउन सुरु गरेका थिए । त्यतिबेला जायग काममा मात्र घरबाहिर निस्कन नपाउनेजस्ता नियम लागू गरिएको थियो । तर, १५ मे २०२० को तस्बिरमा जोनसन आफ्ना स्टाफसँग डाउनिङ स्ट्रिटको बगैँचामा वाइनको बोतलसँग देखिएका थिए । त्यस्तै, २० मे २०२० मा नम्बर १० गार्डेनमा १०० जना मानिसलाई ड्रिंक्स पार्टीका लागि निमन्त्रणा गरिएको थियो । प्रत्यक्षदर्शीले उक्त पार्टीमा प्रधानमन्त्री र उनको पत्नीसहित ३० जना सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा
-
मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन
-
एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा
-
रोल्पा जिप दुर्घटना अपडेट : नाबालकसहित ७ जनाको मृत्यु, ८ जना घाइते
-
लगानीकर्ता–ब्रोकर विवाद धितोपत्र बोर्डमा
-
ललितपुर महानगरको बजेट नगरसभाबाट पारित