शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुन देशको पासपोर्ट सबैभन्दा शक्तिशाली ?

बिहीबार, २९ पुस २०७८, ०७ : ०२
बिहीबार, २९ पुस २०७८

पासपोर्टको र्‍याङ्किङ जारी गर्ने हेनली एन्ड पार्टनर्सले सन् २०२२ का लागि हेनली पासपोर्ट इन्डेक्स जारी गरेको छ । यसमा फेरि एकपटक जापान र सिंगापुर शीर्ष स्थानमा रहेका छन् । यी देशका नागरिक बिना अग्रिम भिसा १९२ देशको यात्रा गर्न पाउँछन् ।

यस सूचीमा नेपाल १०५ औँ स्थानमा रहेको छ । नेपालले बिना अग्रिम भिसा विश्वका ३७ देशमा यात्रा गर्न पाउँछन् । दक्षिण एसियाली राष्ट्रमा पाकिस्तान मात्र नेपालभन्दा पछि १०८ औँ स्थानमा रहेको छ । भुटान ९० औँ स्थानमा रहेको छ भने भारतले सात स्थान सुधार गर्दै ८३ औँ स्थानमा रहेको छ । सन् २०२१ मा भारत ९० औँ स्थानमा रहेको छ ।

हरेक वर्षको सुरुवातमा यो सूची जारी गरिन्छ । हेनली पासपोर्ट भिसा इन्डेक्सको वेबसाइटका अनुसार पुरै वर्ष रियलटाइम डाटा अपडेट गरिन्छ । यसमा भिसाको नियमलाई पनि याद राखिन्छ । यसको तथ्याङ्क इन्टरनेसन ट्रान्सपोर्ट एसोसिएन (आईएटीए) बाट लिइन्छ । कुन देशका पासपोर्टवाहक बिना अग्रिम भिसा कतिवटा देशमा यात्रा गर्न पाउँछन् भन्ने आधारमा यो सूची तयार गरिन्छ ।

जापान र सिंगापुरपछि जर्मनी र दक्षिण कोरियाका नागरिक १९० देशमा बिना अग्रिम भिसा यात्रा गर्न पाउँछन् । तेस्रो स्थानमा फिनल्याण्ड, इटली, लक्जम्बर्ग र स्पेन रहेका छन् । यी देशका नागरिक १८९ देशमा बिना अग्रिम भिसा यात्रा गर्न पाउँछन् । यो सूचीमा अमेरिका छैटौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप