कुन देशको पासपोर्ट सबैभन्दा शक्तिशाली ?
पासपोर्टको र्‍याङ्किङ जारी गर्ने हेनली एन्ड पार्टनर्सले सन् २०२२ का लागि हेनली पासपोर्ट इन्डेक्स जारी गरेको छ । यसमा फेरि एकपटक जापान र सिंगापुर शीर्ष स्थानमा रहेका छन् । यी देशका नागरिक बिना अग्रिम भिसा १९२ देशको यात्रा गर्न पाउँछन् ।
यस सूचीमा नेपाल १०५ औँ स्थानमा रहेको छ । नेपालले बिना अग्रिम भिसा विश्वका ३७ देशमा यात्रा गर्न पाउँछन् । दक्षिण एसियाली राष्ट्रमा पाकिस्तान मात्र नेपालभन्दा पछि १०८ औँ स्थानमा रहेको छ । भुटान ९० औँ स्थानमा रहेको छ भने भारतले सात स्थान सुधार गर्दै ८३ औँ स्थानमा रहेको छ । सन् २०२१ मा भारत ९० औँ स्थानमा रहेको छ ।
हरेक वर्षको सुरुवातमा यो सूची जारी गरिन्छ । हेनली पासपोर्ट भिसा इन्डेक्सको वेबसाइटका अनुसार पुरै वर्ष रियलटाइम डाटा अपडेट गरिन्छ । यसमा भिसाको नियमलाई पनि याद राखिन्छ । यसको तथ्याङ्क इन्टरनेसन ट्रान्सपोर्ट एसोसिएन (आईएटीए) बाट लिइन्छ । कुन देशका पासपोर्टवाहक बिना अग्रिम भिसा कतिवटा देशमा यात्रा गर्न पाउँछन् भन्ने आधारमा यो सूची तयार गरिन्छ ।
जापान र सिंगापुरपछि जर्मनी र दक्षिण कोरियाका नागरिक १९० देशमा बिना अग्रिम भिसा यात्रा गर्न पाउँछन् । तेस्रो स्थानमा फिनल्याण्ड, इटली, लक्जम्बर्ग र स्पेन रहेका छन् । यी देशका नागरिक १८९ देशमा बिना अग्रिम भिसा यात्रा गर्न पाउँछन् । यो सूचीमा अमेरिका छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण