एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित
नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन् । बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्टले २८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल)ले १८३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्ष पदमा २५४ मत ल्याउँदै लक्ष्मी बुढा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत प्राप्त गरेका छन् । सचिवमा पनि अध्यक्ष विष्ट प्यानलकै पल्लवराज भट्ट निर्वाचित भएका छन् । भट्टले अर्का प्रतिद्वन्द्वी अशोककुमार चन्दलाई सात मतले पराजित गरेका छन् । सचिवमा निर्वाचित भट्टले २३३ मत प्राप्त गरे भने पराजित चन्दले २२६ मत पाएका छन् ।
त्यसैगरी उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ निर्वाचित भएका छन् । चन्दले ३४७ मत र तामाङले २९६ मत प्राप्त गरेका छन् । उपसचिव पदका अर्का प्रत्यासी शेरबहादुर चन्दले १९७ मत प्राप्त गरेका छन् । जिल्ला कमिटीको सहमतिमै नेतृत्व चयन गर्न यहाँ प्रयास गरिए पनि अन्तःनिर्वाचन भएको थियो । निर्वाचनमा ४७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख