शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिन ३९८ संक्रमितको मृत्यु, संक्रमणदर भने घट्दै

बिहीबार, २९ पुस २०७८, ०६ : १८
बिहीबार, २९ पुस २०७८

 बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण सुरु भएपछिकै बढी मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि एक लाख ५१ हजार नाघेको छ । संक्रमण दर तीव्र हुँदै गएपनि मृत्युदरमा कमि देखिएपनि केहि दिनयता संक्रमण दर घट्दै गएको र मृत्यु दरमा वृद्धि हुँदै गएको छ ।

पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गतसाताको तुलनामा ३३.४ प्रतिशतले कमी हो । अघिल्लो साता बुधबार करिब एक लाख ९५ हजार संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या एक करोड ४८ लाख ६२ हजार १३८ पुगेको छ । योपटक नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणका कारण बेलायतमा दैनिक संक्रमित संख्या  दुई लाख २० हजार नाघेको थियो, जुन  महामारीयताकै  सबैभन्दा बढी संक्रमित हो ।

ओमिक्रोनका कारण बेलायतमा अस्पताल भर्ना हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । बितेको २४ घन्टामा दुई हजार ४९ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने १९ हजार ७३५ जनाको अस्पतालमा उपचार भइरहेको सरकारी तथ्यांकमा उल्लेख छ । यसैगरी ७९३ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ५७ लाख ३९ हजार ३२६ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड २० लाख ११ हजार ८३५ जना अर्थात् ९०.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ७७ लाख ७४ हजार २४८ जना अर्थात् ८३.१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी तीन  करोड  ५९ लाख ५३  हजार २४३ अर्थात् ६२.५ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप