हेटौंडाको मुख्य बजार क्षेत्रमा शंकास्पद वस्तु फेला
बुधबार, २८ पुस २०७८, २२ : ३३

हेटौंडाको मुख्य बजार क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१ र २ मा पर्ने त्रिभुवन राजपथ अन्तर्गतको पिपल बोट कृष्ण मन्दिर नजिकै सडकमा उक्त शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
राति ९ बजेको समयमा नियमित गस्तीको क्रममा शंकास्पद वस्तु फेला परेको उनले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङको नेतृत्वमा बजार गस्तीमा निस्कँदा उक्त शंकास्पद फेला परेको हो ।
हाल सो क्षेत्रको सुरक्षा व्यवस्था कडा परिएको र उक्त शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती